Wednesday, April 29, 2020

महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफार्इ उपभोक्ता समितिको कार्यालय खुल्ने समय



विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण न्यूनीकरणका लागि नेपाल सरकारले वि.सं २०७७ बैशाख २५ गते सम्मका लागि बन्दाबन्दी (लकडाउन) थप गरेको यस विषम परिस्थितिमा उपभोक्ता वर्गको मागलार्इ मध्य नजर राख्दै यस समितिको महशुल काउन्टर २०७७ बैशाख १६ गते मंगलबार देखी हरेक दिन बिहान ७ः०० देखी ९ः३० बजेसम्म खुल्ला रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि नेपाल सरकारद्धारा जारी गरिएको बन्दाबन्दी (लकडाउन) अवधिभर यस समितिबाट मिटर रिडिङ हुन नसक्ने भएकोले उपभोक्ताहरूले अाफ्नो मिटरमा भएको यूनिट अंक समितिको कार्यालय टिपार्इ खानेपानीको महशुल भुक्तानी गर्न सक्नुहुनेछ । यसअवधिमा महशुल बुझाउन छुट्नु भएका उपभोक्ताहरूले अतिरिक्त शुल्क (विलम्ब शुल्क) बुझाउन पर्नेछैन् । 

No comments:

Post a Comment