Monday, June 1, 2020

महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफार्इ उपभोक्ता समितिको महशुल काउण्टर खुल्ने समय


विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण न्यूनीकरणका लागि नेपाल सरकारले वि.सं २०७७ जेठ ३२ गते सम्मका लागि बन्दाबन्दी (लकडाउन) थप गरेको यस विषम परिस्थितिमा उपभोक्ता वर्गको मागलार्इ मध्य नजर राख्दै यस समितिको महशुल काउन्टर २०७७ जेठ २१ गते बुधबार देखी हरेक दिन बिहान ७ः०० देखी ११ः०० बजेसम्म खुल्ला रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।


कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि नेपाल सरकारद्धारा जारी गरिएको बन्दाबन्दी (लकडाउन) अवधिभर यस समितिबाट मिटर रिडिङ हुन नसक्ने भएकोले उपभोक्ताहरूले अाफ्नो मिटरमा भएको यूनिट अंक समितिको कार्यालय टिपार्इ खानेपानीको महशुल भुक्तानी गर्न सक्नुहुनेछ । यस अवधिमा महशुल बुझाउन छुट्नु भएका उपभोक्ताहरूले अतिरिक्त शुल्क (विलम्ब शुल्क) बुझाउन पर्नेछैन् ।