Monday, July 13, 2020

श्रावण १ बाट महादेवस्थान खानेपानीमा इ-बिलिङ्ग सेवा

महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफार्इ उपभोक्ता समितिले अा.व. २०७७/७८ बाट इ-बिलिङ्ग सेवा सुरू गर्दैछ । श्रावण १ बाट सुरू हुने उक्त सेवा अन्तर्गत उपभोक्ताको मासिक मिटर रिडिङ तथा महशुल भुक्तानी कम्प्युटराइज्ड सिस्टमबाट हुनेछ । उपभोक्ताको सुविधालाइ ध्यानमा राख्दै विद्युतीय माध्यमबाट महशुल भुक्तानीको सुविधा केहि महिनाभित्रै थप हुनेछ ।