Sunday, May 24, 2020

खानेपानीको महशुल काउण्टर खुल्ला रहने समय बिहान ७ देखी ९ः३० बजेसम्म


विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण न्यूनीकरणका लागि नेपाल सरकारले वि.सं २०७७ जेठ २० गते सम्मका लागि बन्दाबन्दी (लकडाउन) थप गरेको यस विषम परिस्थितिमा उपभोक्ता वर्गको मागलार्इ मध्य नजर राख्दै यस समितिको महशुल काउन्टर २०७७ जेठ १२ गते सोमबार देखी हरेक दिन बिहान ७ः०० देखी ९ः३० बजेसम्म खुल्ला रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि नेपाल सरकारद्धारा जारी गरिएको बन्दाबन्दी (लकडाउन) अवधिभर यस समितिबाट मिटर रिडिङ हुन नसक्ने भएकोले उपभोक्ताहरूले अाफ्नो मिटरमा भएको यूनिट अंक समितिको कार्यालय टिपार्इ खानेपानीको महशुल भुक्तानी गर्न सक्नुहुनेछ । यसअवधिमा महशुल बुझाउन छुट्नु भएका उपभोक्ताहरूले अतिरिक्त शुल्क (विलम्ब शुल्क) बुझाउन पर्नेछैन् । 

Friday, May 15, 2020

अत्यन्त जरूरी सूचना

महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफार्इ उपभोक्ता समितिको कार्यालय तथा सेवाहरू बन्द हुने बारेको 

अत्यन्त जरूरी सूचना

विश्वव्यापी रूपमा फैलिरहेको नोवेल कोरोना भाइरस (COVID19) को संक्रमणका कारण यसबाट हुन सक्ने जोखिमको न्युनीकरणका लागि चन्द्रागिरि नगरपालिकाको जेठ २ गतेको निर्णय अनुसार नगरपालिका क्षेत्रभित्र २०७७ जेठ ३ गतेबाट जेठ ७ गते सम्मका लागि सिल गर्ने निर्णय बमोजिम यस समितिबाट प्रवाह भइरहेका नियमित पानी वितरण तथा मुख्य पाइपलाइन मर्मत बाहेकका सेवाहरू पनि (मिटर रिडिङ्ग, महशुल भुक्तानी, सानातिना मर्मत संभार, लेखा तथा प्रशासन लगायत) उक्त अवधिसम्मका लागि बन्द हुने व्यहोरा जानकारीका लागि अनुरोध छ । 

यसबाट उपभोक्ता वर्गमा पर्न गएको असुविधाप्रति समिति क्षमाप्रार्थी छ । 

साथै, यस अवधिमा नेपाल सरकार, सहलगानी आयोजना अन्तर्गतका निर्माण कार्यहरु समेत बन्द रहनेछन् । 
सहयोगका लागि धन्यवाद् ।

घर भित्रै बसौं, आफु पनि बचौं, अरुलाई पनि बचाऔं


Sunday, May 10, 2020

महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफार्इ उपभोक्ता समितिको महशुल काउण्टर खुल्ने समय



विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण न्यूनीकरणका लागि नेपाल सरकारले वि.सं २०७७ जेठ ५ गते सम्मका लागि बन्दाबन्दी (लकडाउन) थप गरेको यस विषम परिस्थितिमा उपभोक्ता वर्गको मागलार्इ मध्य नजर राख्दै यस समितिको महशुल काउन्टर २०७७ बैशाख २८ गते अाइतबार देखी हरेक दिन बिहान ७ः०० देखी ११ः०० बजेसम्म खुल्ला रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।



कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि नेपाल सरकारद्धारा जारी गरिएको बन्दाबन्दी (लकडाउन) अवधिभर यस समितिबाट मिटर रिडिङ हुन नसक्ने भएकोले उपभोक्ताहरूले अाफ्नो मिटरमा भएको यूनिट अंक समितिको कार्यालय टिपार्इ खानेपानीको महशुल भुक्तानी गर्न सक्नुहुनेछ । यस अवधिमा महशुल बुझाउन छुट्नु भएका उपभोक्ताहरूले अतिरिक्त शुल्क (विलम्ब शुल्क) बुझाउन पर्नेछैन् ।