महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफार्इ उपभोक्ता समितिको कार्यालय तथा सेवाहरू बन्द हुने बारेको
अत्यन्त जरूरी सूचना
विश्वव्यापी रूपमा फैलिरहेको नोवेल कोरोना भाइरस (COVID19) को संक्रमणका कारण यसबाट हुन सक्ने जोखिमको न्युनीकरणका लागि चन्द्रागिरि नगरपालिकाको जेठ २ गतेको निर्णय अनुसार नगरपालिका क्षेत्रभित्र २०७७ जेठ ३ गतेबाट जेठ ७ गते सम्मका लागि सिल गर्ने निर्णय बमोजिम यस समितिबाट प्रवाह भइरहेका नियमित पानी वितरण तथा मुख्य पाइपलाइन मर्मत बाहेकका सेवाहरू पनि (मिटर रिडिङ्ग, महशुल भुक्तानी, सानातिना मर्मत संभार, लेखा तथा प्रशासन लगायत) उक्त अवधिसम्मका लागि बन्द हुने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
यसबाट उपभोक्ता वर्गमा पर्न गएको असुविधाप्रति समिति क्षमाप्रार्थी छ ।
साथै, यस अवधिमा नेपाल सरकार, सहलगानी आयोजना अन्तर्गतका निर्माण कार्यहरु समेत बन्द रहनेछन् ।
सहयोगका लागि धन्यवाद् ।
घर भित्रै बसौं, आफु पनि बचौं, अरुलाई पनि बचाऔं

No comments:
Post a Comment