Wednesday, November 18, 2020

खानेपानीको महशुल अब अनलाइन भुक्तानी गर्न सकिने

महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफार्इ उपभोक्ता समितिको मासिक महशुल अब विद्युतीय माध्यममार्फत पनि भुक्तानी गर्न सकिनेछ । यस समितिका उपभोक्ताहरूले मोबाइल एप्लीकेशन eSewa मार्फत महशुल भुक्तानी गर्नसक्नुहुनेछ ।