महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफार्इ उपभोक्ता समिति चन्द्रागिरि नगरपालिका, महादेवस्थान काठमाण्डाैबाट वितरित खानेपानी सेवा उपभोग गरेबापत आमउपभोक्ता वर्गले मासिक रुपमा भुक्तान गर्नुपर्ने महसुलमा हाल कोरोना भाइरस (कोभिड–१९) का कारण सिर्जित प्रतिकुल परिस्थितिका कारण अर्काे सूचना प्रकाशित नभएसम्मका लागि २०७७ श्रावण ३० गते शुक्रबार बसेको समितिको बैठकको निर्णय अनुसार एकमुष्ठ २५% (पच्चिस प्रतिशत) छुट दिइने व्यहोरा सम्बन्धित सबै उपभोक्ताहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

No comments:
Post a Comment